
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गर्नुभएको छ । सो विधेयक बैठक समक्ष पेस गर्दै उहाँले पत्रकारिता क्षेत्रमा पेशागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र तथा जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि विधेयक आवश्यक रहेको बताउनुभयो । मन्त्री शर्माले स्वायत्त, नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन सम्बन्धमा नयाँ कानुनको मस्यौदाको आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय आमसञ्चार नीति, २०७३ लागू भई प्रेस काउन्सिललाई पत्रकारिता क्षेत्रको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी सुनुवाइ गर्ने स्वतन्त्र र स्वायत्त सक्षम निकायका रुपमा विकास गर्न तथा पत्रकारिता क्षेत्रमा आएका परिवर्तन एवं प्रविधिमा आएको विकासको प्रयोगलाई आत्मसात गरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायका रुपमा विकास गर्न तथा समय सापेक्ष विद्युतीय अनलाइन मिडियालाई नियमन गर्न मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० सभा समक्ष पेस गर्दछु ।”
बैठकमा उहाँले छापा पत्रकारिता पेशालाई मर्यादित, उत्तरदायी र जिम्मेवार एवं सुसुचित बनाइ स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिताको विकास, संरक्षण, स्वनियमनलाई व्यवस्थित बनाउन कानुन निर्माण गर्न आवश्यक भएकाले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० ल्याउनुपरेको हो भन्नुभयो । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘मिडिया काउन्सिल विधेयक २०८०’ माथि राष्ट्रियसभा नियमावली २०७५ को नियम ९९ बमोमिज कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा बैठकमा जानकारी गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै