
काठमाडौँ । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चापदार्थ ‘ब्लेड’को मूल्यमा वृद्धि नभए पनि नेपाली बजारमा मूल्य बढाइएको भन्दै आपत्ति जनाएको हो ।
देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योगमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकाले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
‘यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प छैन’ हासङ्घका अध्यक्ष ठूलोबाबु श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘अस्वाभाविक मूल्य तुरुन्त फिर्ता गरेर सहज वातावरण नबनाए सङ्घर्ष गर्न बाध्य हुने अवस्था आउँछ ।’
वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका व्यवसायीको अहित हुनेगरी ठूला कम्पनीहरुले मनोमानी गरेको पनि महासङ्घको आरोप छ । विश्वव्यापी कोभिड–१९ तथा आर्थिक मन्दीको प्रभावका कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री