
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भोलि पल्टै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।
नेप्से परिसूचक बुधबार ९ दशमलव ५४ अंकले घटेको हो । परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर २ हजार १७ दशमलव ९७ को बिन्दुमा अडिएको छ ।
आज ३ सय १५ कम्पनीको ८४ लाख ९० हजार ७ सय २२ कित्ता शेयर, ५५ हजार ८ सय ६२ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक दशमलव १७ र व्यापार समूह एक दशमलव १६ प्रतिशतले बढेको छ । रु सबै समूहका उपसूचक घटेको छ । सबैभन्दा धेरै जलविद्युत् र होटल तथा पर्यटन समूह शून्य दशमलव ८० र अन्य समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
रकमको आधारमा सबैभन्दा बढी पिपुल्प पावर लिमिटेडको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँँ बराबरको शेयर कारोबार भएको छ । शेयर सङ्ख्याका आधारमा भने साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी २ लाख ४१ हजार ८ सय ९७ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह