+

भारतीय नागरिक विमानस्थलबाट गाँजासहित पक्राउ

काठमाडौँ ।  त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन् ।

भारतीय नागरिक  मत्रा पथरत अली अकबर गाँजासहित पक्राउ परेका हुन् । एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका अकबरलाई प्रहरीले भन्सार एरियाबाट गाँजासहित पक्राउ गरेको हो । 

४० वर्षीय अकबरलाई विमानस्थल सुरक्षा र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको लगेजबाट उल्लेखित परिणामको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले अकबरलाई पक्राउ लगत्तै कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट