
बागलुङ । बागलुङको क्षेत्र नम्बर २ मा पर्ने हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माणमा ढिलाइ भएको छ । एउटै समयमा ठेक्का सम्झौता भएको बागलुङ बजार अदालत चौपारी–सिगाना–चापाखर्क–गाजाको दहहुँदै बरेङ शान्तिपुर सडकको बोक्से–सिगाना खण्डमा भने ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।
सडक निर्माणको सम्झौता गरेको दुई वर्ष पुग्न लाग्दा हरिचौर–मल्म–पाण्डवखानी सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्रै भएको छ । सडक निर्माणको जिम्मा पाएको वल्र्डवाईड/लोपूर्ण जेबी निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिन नसक्दा समयसीमाभित्रै काम सकिनेमा स्थानीयवासी ढुक्क छैनन् । कामलाई निरन्तरता दिइए पनि गति सुस्त रहेको गलकोट नगरपालिका–७ का वडाध्यक्ष राज थापाले बताउनुभयो ।
‘दुई वर्षमा सडक स्तरोन्नतिको काम सम्पन्न हुनुपर्ने थियो, अहिलेसम्म तीन किलोमिटर सडक मात्र स्तरोन्नति गरिएको छ’ उहाँले भन्नुभयो । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तरगत बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित चार ठूला सडकमध्ये सबैभन्दा कम काम हरिचौर–पाण्डवखानी सडक खण्डमा भएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई कामको गति बढाउन पटक–पटक आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले जानकारी दिनुभयो । ‘चालु आर्थिक वर्षको ६ महिनासम्म अर्थमन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौँ, अहिले काम गर्न सके भुक्तानीको समस्या हुन्न’, उहाँले भन्नुभयो ।
सडकको २०७९ भदौमा २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक कालोपत्र सक्नेगरी सम्झौता भएको थियो । अहिले हरिचौरबाट भैँसेसम्मको सडक स्तरोन्नति सकिएको र बाँकी अफ्ठ्यारा काम सकिने चरणमा रहेको निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि अमिन लामाले बाताउनुभयो ।
‘भुक्तानी समस्याका कारण कामले गति लिन सकेको थिएन, अहिले काम धमाधम भइरहेको छ’ उहाँले भन्नुभयो । सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने छ । सडक करिब ४० किलोमिटर लामो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु