
चितवन । जिल्लाका स्थानीय तह विपद् व्यवस्थापनका लागि सक्षम भए पनि स्रोतको कमी भएको पालिका प्रमुखहरुले बताउनुभएको छ ।
जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रियामा पालिका प्रमुखहरुले स्थानीय स्रोत साधनको भरपुर प्रयोग गर्न नपाउँदा विपद् व्यवस्थापनमा समस्या हुने गरेको धारणा राख्नुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद व्यवस्थापनका लागि स्थानीय तहले काम गर्न खोज्दा विभिन्न निकायबाट रोक्ने गरिएको बताउनुभयो । निकुञ्ज र वनले आ–आफ्नो कानुन देखाउँदै बाढी पहिरो रोकथामका काम गर्न नदिएको उहाँले बताउनुभयो ।
रत्ननगरमा बाढीको जोखिम बढी हुने गरेको बताउँदै उहाँले खोलामा तटवन्ध गर्न समेत बिभिन्न निकायबाट अनुमति लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय निकायले स्रोत साधनको भरपुर प्रयोग गर्न पाए बिपदको क्षती न्यूनिकरण गर्न सकिने छ ।’
खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाँले आफ्नो पालिकामा आगलागी बाढी, हावाहुरीको समस्या बढी हुने गरेको बताउँदै यसलाई रोक्नका लागि कस्को क्षेत्राधिकार कति भन्ने विषयमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।
स्थानीय तहलाई अधिकार दिइएको भए पनि कार्यान्वयनका क्रममा अन्य निकायबाट यसलाई रोक्ने काम हुने गरेको उहाँको गुनासो छ । ठाउँ हेरेर काम गर्न सके मात्रै विपद् व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ ।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले स्रोत साधनको अभावका कारण सोचे अनुसारको विपद्का क्षेत्रमा काम गर्न नसकिएको बताउनुभयो । पालिकाहरुले आफ्नो क्षमताअनुसार काम गरिरहेको भए पनि दक्ष जनशक्ति र स्रोतको अभावका कारण जनअपेक्षाअनुसार काम गर्न कठिन हुने गरेको उहाँको भनाइ छ ।
माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतोले स्थानीय सरकारहरु विपद् व्यवस्थापनमा सक्षम भए पनि स्थानीय स्रोत साधनको परिचालन गर्न नपाउनुले काम गर्न कठिन हुने गरेको बताउनुभयो । विपद् व्यवस्थापनका लागि प्राकृतिक स्रोत साधनको परिचालन गर्न पाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक स्रोत साधनको परिचालन गरेर बिपद व्यवस्थापन र क्षति न्यूनिकरण गर्न सहज बनाइनुपर्छ ।
इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले कुन सामग्रीको आवश्यकता पर्छ त्यहीअनुसार परिचालन गर्न पाउनुपर्ने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विपद् व्यवस्थापनकोे अधिकार स्थानीय तहलाई दिइएको भए पनि सोअनुसार पालिका प्रमुखबाट काम हुन नसकेको बताउनुभयो । ठोस योजना वनाएर तीनै तहका सरकारबीच समन्वय गरेर काम हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वन मन्त्रालयका विकास वातावरण तथा जलवायुबिज्ञ हरिप्रसाद शर्मा र सशस्त्र प्रहरी बल १७ नम्बर वाहिनी आँपटारीका सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज गुरुङले विपद् र यसको प्रतिकार्यबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समन्वय प्रमुख अधिकारीले विपद्सँग बाँच्ने क्षमता नभएकालाई कसरी वचाउन सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यपत्र प्रसतुत गर्दै जलवायु विज्ञ शर्माले जलवायु परिवर्तनको मुख्य प्रभाव पानीमा पर्ने गरेको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्बन शून्य बनाउने लक्ष्य लिएको बताउँदै उहाँले विद्युतीय साधनको प्रयोग वढाउन आवश्यक रहेको बताउनुभयो ।
सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गुरुङले दक्ष जनशक्तिको अभावका कारण विपद् व्यवस्थापनमा कठिन हुने गरेको बताउनुभयो । विपद् व्यवस्थापनका लागि पर्याप्त साधन नभएका कारण समस्या हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘बाढीका लागि साधन भए पनि अन्य विपद्का लागि पर्याप्त साधन छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु