
पर्सा । वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ ।
महानगरले ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँ लागतमा स्वास्थ्यचौकी निर्माण गर्न लागेको हो ।वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार एक कार्यक्रमबीच वडा स्वास्थ्यचौकीको भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
‘स्वास्थ्यचौकी भाडाको भवनमा सञ्चालन गर्नुपर्दा निकै कठिनाइ भइरहेको थियो । त्यो समस्यालाई मध्यनजर गर्दै आफ्नै भवन निर्माण गर्न लागेका हौँ’ नगरप्रमुख सिंहले भन्नुभयो– ‘गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रूपमा पुर्याउन स्वास्थ्यचौकी भवन अपरिहार्य भएको छ।’
महानगरका अनुसार वडा स्वास्थ्यचौकीको भवन आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !