
दोलखा। जिल्ला प्रशासन कार्यालय दोलखाले दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास उपलब्ध गराएको छ ।
केही हप्ताअघि मात्रै लप्चिका स्थानीय समाजसेवी फुुर्बाथार्के शेर्पाको एक टोलीले जिल्ला प्रशासन कार्यालयमा आई गोठालो जान सीमा पास माग गरेको थियो । सोही मागका आधारमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले लप्चिवासीलाई सीमा पासको प्रबन्ध गर्नुभएको हो ।
लप्चिका ३८ जना स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय दोलखाका शाखा अधिकृत विकल श्रेष्ठले घरमै पुुगेर सीमा पास उपलब्ध गराउनुभएको हो । श्रेष्ठका अनुसार गाउँमा भेटिएसम्मका सबैलाई सीमा पास वितरण गरिएको छ । छुटेका केहीलाई जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने जानकारी दिनुभयो ।
सीमा पास वितरणसँगै लप्चिवासीको चीन प्रवेशमा सहज भएको छ । सीमा पास पाएपछि स्थानीयले खुसीयाली साटेका छन् । स्थानीय फुुर्बाथार्के शेर्पाले भन्नुभयो, “अब हामीलाई पारी चीनतर्फ जान सहज भयो । अब चौरीगाई चराउन पनि सहज भएको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न राहत मिलेको छ ।”
सदरमुकाम चरिकोटबाट लप्चि पुुग्न दुुई दिन पैदल र एक दिन गाडीमा यात्रा गर्नुुपर्छ । चीन सरकारले आफ्नो देशको सीमामा लप्चिका नागरिकलाई राज्यले तोकेको सीमा पास भए मात्रै प्रवेश दिने भनेपछि लप्चिका स्थानीयको दैनिकीमा समस्या भएको थियो । चीनतर्फ चौंरी चराउन समेत चिनियाँ प्रतिनिधिले पास मागेपछि सीमा पासको परिचयपत्र उपलब्ध गराइदिन प्रजिअ पोखरेल समक्ष आग्रह गरेका थिए ।
कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्या छन् । गएको दसैँमा नाका खुला हुँदा केही राहत भएको थियो । हाल आएर सीमा पास कारण देखाएपछि सीमा वारपार हुन सकेको थिएन । लप्चिका स्थानीयहरु नाका पार गरी चौंरीगाइ चराउने मात्रै नभइ चीनतर्फ खर्कमा आलुुखेती गर्ने, बजारमा किनमेल गर्ने समेत गर्छन् । सदरमुकामबाट लप्चिमा एक केजी नुन हेलिकप्टरबाट लैजाँदा झण्डै रु दुई सय मूल्य पर्ने गर्छ । ३० किलोको एक बोरा चामल नौ हजारसम्म पर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा