
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ ।
आयोगले यसअघि पनि पौडेल लगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।आयोगले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सिडिई मेकानिकल नवीनकुमार पाखरेलविरुद्ध मुद्दा दर्ता गरेको छ ।
गलत मनसाय राखेर नेपाल सरकारलाई हानी–नोक्सानी पुर्याउने उद्देश्यका साथ खरिद कार्य गरी ४० करोड ७५ लाख ५७ हजार ७ सय ४० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आयोगको ठहर छ । आयोगले बिगोबमोजिम थप सजायको माग गर्दै आज मुद्दा दायर गरेको हो ।
केन्द्रका तत्कालीन लेखा अधिकृत खड्गबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध पनि समान बिगो दाबी गरेको छ । म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनविरुद्ध पनि आयोगले समान बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा