
कपिलवस्तु । लामो खडेरीपछि भएको वर्षाको कारण खोलामा बाढी आउँदा बगेर एक जनाको मृत्यु भएको छ ।
वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा स्थानीय ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो । सुकुम्बासी टोलका थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो ।
लौटनलाई बाढीले बगाएर मृत्यु भएको पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले जानकारी दिनुभएको छ । लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा