
झापा । बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ । चालु आर्थिक वर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४ दशमलव ४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ बिर्तामोड नगरपालिकाले सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडक बत्ती, विद्युत् पोल विस्तार, सडकमा पानी बग्न नदिन नाला निर्माण गरेको छ ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईका अनुसार १०४ दशमलव ३० किलोमिटर क्षेत्रमा तटबन्धन गरिएको छभने एउटा झोलुङ्गे पुल, ५६ वटा भवन मर्मत, सात वटा सामुदायिक विद्यालय भवन निर्माणका साथै खानेपानीका लागि तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरिएको छ ।
आगामी पाँच वर्षभित्र प्रदेश र सङ्घीय सरकारसँग समन्यव गर्दै बिर्तामोडमा रिङ रोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमलाल राजवंशी रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन, बुट्टावारी प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति भइरहेको छ ।
बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’ को आयोजनाका रूपमा रहेको बुट्टावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइहरेको छ । ६ दशमलव दुई किलोमिटर लामो सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको हो । सडक निर्माणका लागि विश्व बैंकले ५१ करोड २९ लाख ६१ हजार ३ सय ७२ रुपैयाँ ऋण प्रवाह गरेको छ । सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
बाह्र मिटर चौडा सडकको मिटरमा कालोपत्र गरिनेछ । सडकको दायाँबाँया पानी निकासको नाला निर्माण गरिने छभने बत्ती, पैदलयात्री मार्ग बनाइने छ । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकलाई पनि समेट्ने नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताउनुभयो । योसहित बिर्तामोड नगरपालिकामा ६९ वटा नगरस्तरीय विकास निर्माणका योजनामा काम भइहरेको छ ।
बहुवर्षीय ठेक्कामा २१ वटा योजनाको काम भइरहेको छ । तिनमा मदरसा पाठशालाको शैक्षिक सुधारदेखि सामुदायिक वनमा व्यायमशाला निर्माणसम्म छन् । नगरमा सञ्चालित बहुवर्षीय तथा क्रमागत योजनाको सङ्ख्या ४० छ । बिर्तामोडका १० वटै वडामा वडागत योजनाअन्तर्गत विकास–निर्माणको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी