
कास्की । नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताउनुभएको छ ।
गण्डकी जग्गा तथा आवास विकास व्यवसायी सङ्घ पोखराको २०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लोहनीले वार्षिक रु १५ खर्ब बराबरको घरजग्गा कारोबार हुने गरेकामा कोरोना महामारी र आर्थिक मन्दीका कारण उक्त कारोबार घटेको बताउनुभयो । घरजग्गा व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले घरजग्गा कारोबार नियमावली ल्याउन जरुरी भएको उहाँको भनाइ छ ।
“रियल स्टेट कम्पनीलाई व्यवस्थित गर्दै व्यवस्थित सहरको विकास गर्न नगर विकास योजना र रियल स्टेट कम्पनी सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन”, अध्यक्ष लोहनीले भन्नुभयो, “घरजग्गाको कारोबार रियल स्टेट कम्पनीले मात्र गर्न पाउनुपर्ने व्यवस्था सरकारले गर्नुपर्छ ।”
जग्गा व्यवसायी यदुनाथ अधिकारीले युवालाई विदेश जानबाट रोक्न स्वदेशमै सीपमूलक तथा विकास निर्माणमा लगाउनुपर्नेमा जोड दिनुभयो । घरजग्गा कारोबारलाई व्यवस्थित बनाउँदै एकीकृत रुपमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरालाई व्यवस्थित सहर बनाउन जग्गा व्यवसायीको एकीकृत लगानी आवश्यक भएको अधिकारीको भनाइ छ ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजेन्द्र ओझा, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी जग्गा तथा आवास विकास व्यवसायी सङ्घ पोखराका अध्यक्ष अरुण त्रिपाठीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’