
काठमाडौँ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ३ करोड १० लाख रुपैयाँ सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।
पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले आज संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको दूतबासले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख रावलले नेपालका विकास प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुरÞ्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नयाँ बन्ने भवनले विद्यार्थीको गुणस्तरीय शिक्षण सिकाइमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले भवन ब्लक–ए र ब्लक–सी गरी दुई खण्डमा निर्माण हुनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइनेछ भने पाटन नगरपालिकामार्फत त्यसको कार्यान्वयन गरिनेछ ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका र पाँच सय ५१ भन्दा बढी परियोजना अगाडि बढाइएका छन् । यीमध्ये बैतडीमा दुईसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’