
कालीकोट । कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण भएका छन् ।
कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ पक्की पुल निर्माण भएका हुन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत त्यस खण्डमा १६ पक्की पुल निर्माण गरिएको हो ।
आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १ सय २३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।
त्यो खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताउनुभयो । ‘गत वैशाखदेखि निर्माण सुरु भएको थियो’ उहाँले भन्नुभयो– ‘सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।’
सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिनुभयो । ‘निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्’ उहाँले भन्नुभयो– ‘बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन् ।’
सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताउनुभयो । ‘यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले रु नौ करोड लागतमा बनाएको हो’ उहाँ भन्नुभयो– ‘पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा