
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलबीच भेटवार्ता भएको छ । नर्वेका राजदूतले लैनचौरस्थित कार्यालय पुगेर उपराष्ट्रपति यादवसँग भेटवार्ता गर्नु भएको हो ।
उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा लोकतन्त्र, विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपतिले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यता हुन्’ उहाँले भन्नुभयो, –‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’
भेटवार्तामा नेपालका लागि नर्वेका राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनुभयो । उहाँले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले नर्वेको निजी लगानीकर्तालाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा