
ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बीच शौचालयको शुभारम्भ गर्नुभएको छ। त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालय सफा र आपङगतामैत्री बनाउँदै लगेको बताउनुभयो । ‘शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ । त्यो धारण बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ । शौचालयको सहज रूपमा प्रयोग गर्नेगरी सफासुग्घर राख्ने हाम्रो योजना छ । त्यही अनुसार हाल शौचालय निर्माण भइरहेका छन्’ उहाँले भन्नुभयो ।
असल अभ्यास अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उहाँको भनाइ छ । महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिनुभएको छ।
महानगर वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चापभएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिक लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो वडामा सदर चिडियाखाना छ । यहाँ भ्रमणमा आउनेहरूका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ । त्यसैलाई मध्यनजरगरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउपुग्ने छ ।’
कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यानदिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नम्बर ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माण भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा