
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याउनुभएका तीन विशिष्ठ व्यक्तित्वलाई सम्मान गर्नुभएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान) को आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनका अवसरमा राष्ट्रपति पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ चिकित्सक डा सन्दुक रुइतलाई सम्मान प्रदान गर्नुभएको हो ।
गभर्नर अधिकारीलाई नेपालको केन्द्रीय बैंकको गभर्नरका रुपमा रहेर मुलुकको अर्थतन्त्रका क्षेत्रमा पुर्याउनुभएको योगदान वापत सम्मान गरिएको हो । साथै महासङ्घका अध्यक्ष ढकालले सानो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरी मुलुकको सबैभन्दा ठूलो करदातासम्म पुगी देशमा उद्यमशीलताको विकासमा योगदान पुर्याएको तथा डा रुइतले नेपालको चिकित्सा क्षेत्र विशेषगरी आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको एक्यानले जनाएको छ ।
सम्मेलनमा मुलुकको समृद्धि र आर्थिक विकासका विषयमा छलफल एवं बहसको पनि आयोजना गरिएको छ । बहसमा नेपालका अर्थशास्त्री, उद्योगी, बैंकर्स र विभिन्न क्षेत्रका नीति निर्माता लगायतको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा