
काठमाडौँ । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद सजाय सुनाएको छ । वैशाख ७ गते दोषी ठहर भएका पौडेलको मङ्गलबार सजाय निर्धारण भएको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अदालतले नौमध्ये आठ जनालाई भने सफाइ दिएको थियो ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई नौ वर्ष सजाय तोकेको हो । यस्तै अदालतले २३ करोड २७ लाख ५८ हजार ७७ रुपियाँ बिगो असुलउपरको फैसला गरेको छ । अदालतको फैसला अनुसार पौडेललाई बिगो बराबरकै जरिबाना हुने छ ।
फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्चमा पुनरावेदन गर्न पाउने छन् । अदालतले पौडेलले पदीय जिम्मेवारी पालना नगरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको ठहर गरेको थियो । गेटवे खरिदमा आवश्यक प्रक्रिया पूरा नगरी भुक्तानीको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा