
मोरङ । कोशी प्रदेश सरकारले आज यहाँ पाँच जना पत्रकारलाई सम्मान गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अनवरत २५ वर्षभन्दा बढी पत्रकारिता गर्नुभएका विभिन्न जिल्लाका पाँच जना पत्रकारलाई नगद रु एक लाखसहित सम्मान एवं पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनुहुनेमा अनन्तराज न्यौपाने (मोरङ), भीमलाल नेम्वाङ (झापा) रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी) हुनुहुन्छ ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारलाई पुरस्कृत र सम्मान गर्नुहुँदै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई परिवर्तनको बाटो देखाउने काम पत्रकारले गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको बताउनुभयो । उहाँले पत्रकारलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई सम्मान गरेको अनुभूति भएको बताउनुभयो । पत्रकारहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिने बताउनुहुँदै उहाँले आगामी प्रदेशसभा अधिवेशनमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले केही महिना अगाडि गोताखोर तालिम समापनमा सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार र अन्यलाई उपचार खर्चको साथै क्षतिपूर्ति दिने सम्बन्धमा सकारात्मक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनवारले समाजका विकृति हटाउन, मुलुकमा सुशासन र समृद्धि ल्याउन पत्रकारले कलम चलाउन आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सूचनाको हकप्रति सरकार सम्वेदनशील रहेकाले कुनै सूचना नलुकाइ पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुङगाना, महासचिव विवेक गौतम, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, सहसचिव कमल थापालगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
पुरस्कृत पत्रकार रामेशचन्द्र अधिकारीले सम्मानले आगामी दिनमा थप ऊर्जाशील भइ काम गर्न प्रेरित गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै