
प्रकाश बराल ‘आँशु
कालीकोट । सुन्दा अनौठौ लाग्न सक्छ– अरुलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित ! जिल्लाको नाग्म बजार अर्थात कालिकोट र जुम्लाको सिमाना नाग्ममा रहेको प्रहरी चौकी नाग्मगाडका प्रहरीले रातादिन खटिएर अरुलाई सुरक्षा दिएपनि आफै असुरक्षित भएर बस्नु परेको छ ।
काठले छाएको घरको माथिल्लो तलामा कार्यालय र सुत्ने कोठा रहेको त्यो प्रहरी चौकी माथिपट्टि भिरालो ठाउँ भएकोले ढुङ्गा खस्ने जोखिम सधैं रहिरहन्छ । चौकी वरिपरि ढुङ्गा खसेर धन्न बाँचेका एक प्रहरी जवानका अनुसार भिरबाट गाई लडेर सेन्ट्री पोष्टमा खस्दा दुई जना सुरक्षाकर्मी भाग्यले बचेको उहाँले बताउनुभयो । तल पेट्रोल पम्प र माथिबाट ढुङ्गा खस्ने जोखिम अत्यधिक रहेकाले रातभर सुत्न नसकिने वास्तविकता यस चौकीको छ।
ड्रममा प्रज्वलनशील पदार्थ तल्लो तलामा राखिएकाले आगजनीको जोखिम उत्तिकै रहेको छ । गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र प्रदेश सरकारले समयमै ध्यान नदिए ठूलो क्षति हुने र पछि पछुताउनुको विकल्प हुनेछैन । समयमै यसको सहि व्यवस्थापन गर्न जरुरी देखिन्छ ।
भवन बनाउनका लागि निश्चित मापदण्डको जग्गा आवश्यक पर्दछ । मापदण्ड विपरीतको जग्गामा कुनै पनि सरकारी भवन बनाउन नमिल्ने हुँदा अहिले जिल्ला प्रहरी कार्यालय मातहतका धेरै चौकीको आफ्नै भवन र जग्गा छैन ।त्यही जीर्ण भवनबाट प्रहरीले दुई जिल्लाको सिमाना नाग्म बजारको सुरक्षा दिन्छन्।
नाग्म बजारका नागरिकको सुरक्षा दिने प्रहरी जीर्ण घरमा आफैं असुरक्षित छ। यसले प्रहरीको कार्यक्षमतामा पनि प्रभाव पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा