
कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।
भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेश लगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने शहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिनुभएको छ ।
उहाँले अहिले त्यही ठाउँमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आउनुभएको छ । उक्त उद्योगमा उहाँले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिनु भएको छ ।
कामदारलाई मासिक १६ हजारदेखि २८ हजार रुपैयाँसम्म मासिक तलब दिँदै आउनुभएको छ । उहाँले १२ जनाको परिवारको जोहो यसैबाट पु¥याउँदै आउनुभएको छ । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौँ जानुभएका उहाँले प्रमाणपत्र तह अध्ययन पूरा गर्नुभएको छ ।
बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उहाँले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गर्नुभयो । तर हा भने उहाँले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।पाउरोटी उद्योगबाट औसतमा मासिक १० लाख रुपैयाँ कारोबार हुने गरेको उहाँको भनाइ छ । उहाँले खर्च कटाएर रु एक लाख बचत हुने गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा