
कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ४ की एक सुत्केरी महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरिको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।
वैशाख ८ गते मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी भएकी शाहीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइएको थियो । शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई स्वास्थ्य अवस्था जटिल देखिएपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको जिल्ला अस्पताल कालिकोटमा कार्यरत अहेव प्रकाश अधिकारीले बताउनुभयो ।
मुटुमा समस्या देखा परेकाले शाहीको जिल्लामा उपचार सम्भव नभएपछि सुर्खेत पठाइएको अधिकारीले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् हेलिकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा थप उपचारका लागि लगिएको छ। बच्चा जन्मिसकेको तर मुटुमा समस्या देखा परेका कारण कालिकोटमा उपचार गर्न सम्भब नभएपछि सुर्खेत लगिएको छ।
हेलिकप्टर मगाउन प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले समन्वय गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना