
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले विभिन्न ठाउँमा लागेको डढेलो नियन्त्रण गर्न र प्रभावितलाई तत्काल राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ । यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न समेत नेफेजले आग्रह गरेको छ ।
हालैका दिनहरुमा देशभर आगलागी, डढेलोको घटना बढ्दै गएको र यसका कारण जनधनको क्षतिका साथै वनजङ्गलमा क्षति भएको छ । डढेलोका कारण फैलिएको प्रदूषणले नागरिकको स्वास्थ्यमा असर परेकाले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको नेफेजका अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
डढेलोका कारण राजधानी लगायत देशका विभिन्न स्थानमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ । यसका कारण बालबालिका र वृद्धवृद्धाको श्वासप्रस्वासमा नै समस्या देखिन थालेको छ । आगो निभाउने संयन्त्रमा खटिएका व्यक्तिको उपयुक्त सुरक्षामा ध्यान दिन समेत नेफेजले सरकारसँग आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा