
काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूलसमारोह समिति गठन भएको छ ।
जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित र भक्तजनलाई सहज बनाउन समिति गठन गरिएको हो । समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायतका प्रतिनिधि समावेश छन् ।
विश्वसम्पदा स्वयम्भूमा त्यस दिन पूजा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले यस वर्ष महायानी परम्पराअनुसार साकादावा पनि त्यसदिन परेकाले दर्शन गर्न आउने भक्तजनको सुरक्षा र सहजतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा