
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर सार्की ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । केही वर्षअघि शारीरिक अपाङ्गता भएका सार्कीलाई हिँड्डुल गर्नसक्ने भएकाले ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको छ ।
उहाँको स्वास्थ्य अवस्था बिग्रिँदो थियो । शारीरिक समस्या थप हुने, उपचार गर्दा निको नहुने भएकाले उहाँ लामो समय थलिनुभयो । ओछ्यानमा आराम गरिरहनुभएका सार्कीलाई अपाङ्गताको बिग्रँदो अवस्थामा थप सुविधा पाउनेगरी परिचयपत्र पाइन्छ भन्ने थाहै थिएन ।
सामान्य परिवारका हर्कबहादुरको हिँडेर गाउँपालिका पुग्ने अवस्था थिएन । गाउँपालिका पुगेर मात्रै हुँदैनथ्यो । धौलागिरि अस्पताल पुगेर चिकित्कको सिफारिस ल्याउने पनि त अवस्था थिएन् । सवारी साधन रिजर्भ गरेर अस्पताल र पालिकासम्म पुग्न उहाँसँग आर्थिक अभाव थियो ।
गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पायो ।
उहाँलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिनका लागि गाउँपालिकाले चिकित्सक नै उहाँको घरमा लिएर गयो । गाउँपालिकाको प्रशासनिक जनशक्ति र जनप्रतिनिधिसँगै पुगे र उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिइयो ।
घरमै पुगेर चिकित्सकले जाँच गरेपछि परिचयपत्र पाउने हर्क एक्ला व्यक्ति भने हुनुहुन्न । काठेखोला गाउँपालिका–७ रेशकी डम्मिकला थापाले पनि आफ्नै आँगनमा सबै प्रक्रिया पूरा गरेर ‘क’ वर्गकै परिचयपत्र पाउनुभयो । काठेखोला गाउँपालिकाले असहाय अपाङ्गता भएका व्यक्तिका लागि घरमै पुगेर सबै सेवा दिने गरेको छ ।
‘सबैलाई घरघरमै चिकित्सक पु¥याउँदा सम्भव हुँदैन, वडा अध्यक्षले सिफारिस गरेपछि असहाय भएको प्रमाणित भए हामीले पालिकाकै गाडीमा चिकित्सक लिएर सम्बन्धित व्यक्तिको घरमै पुग्छौँ’ गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भन्नुभयो– ‘खर्च, समय र शारीरिक अवस्थाका आधारमा बेसहारा अपाङ्गता भएका व्यक्तिका घरमै चिकित्सक पु¥याउने गरिएको हो ।’
अपाङ्गता भएका व्यक्तिलाई जस्तै गाउँपालिकाले ज्येष्ठ नागरिक, पछि परेको समुदाय र महिला तथा बालबालिकाका क्षेत्रमा पनि घरदैलो सेवा, उपचार सेवाजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिक र एकल महिलाका लागि बैंकसँग सहकार्य गरेर घरघरमै साजिक सुरक्षा भत्ता पु¥याउन पालिका तल्लीन छ ।
गाउँपालिकामा ५१ जना श्रमिक तथा परिवारले यो वर्षमात्रै राहत रकम पाएका छन् । सामाजिक सुरक्षाअन्तर्गत गाउँपालिकाले रोजगार शाखामार्फत कामका क्रममा अङ्गभङ्ग भएका श्रमिकलाई विधिअनुसारको राहत र मृत्यु भएका श्रमिकको परिवारलाई मृत्यु राहत दिने गरेको छ ।
‘सामाजिक सुरक्षाको पाटो असाध्यै महत्वपूर्ण र घरदैलोमा जोडिने पाटो हो, हामी नीति नियम कार्यान्वयनमा जिम्मेवार भएर लागेका छौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले भन्नुभयो । गाउँपालिकाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर पनि नागरिकमैत्री सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै