
सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीमा परेरका पीडित परिवारको लागि आज यहाँ निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरिएको हो । आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारका लागि डाक्टर स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको छ ।
जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवका अनुसार आगलागीबाट प्रभावित भएका चिम्टीका अग्निपीडितका लागि निःशुल्क उपचार सेवा दिन लागिएको छ । उहाँले सो क्रममा चार जना आगोबाट जलेर हात, खुट्टा र छाला जलेर घाइते भएका पीडितको उपचार गरिएको बताउनुभयो ।
साथै आगलागीको क्रममा चोटपटक लागेका, अत्यधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बिरामी बढी उपचारको लागि आएकाको उपचार गरिएको जानकारी दिनुभयो ।
त्यस्तै बालबालिकाको समेत उपचार गरी उनीहरुलाई निःशुल्क औषधि दिइएको स्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो । यहाँ करिब ९७ जना व्यक्तिको आज उपचार गरिएको बताउँदै यही वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इञ्चार्ज सिनिएर अहेव उमेश यादवले जानकारी दिनुभयो । सि अहेव, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई उपचार गरिएको थियो ।
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा मङ्गलबार दिउँसो भएको भीषण आगलागीमा परेर ६२ परिवारको करिब एक सय १४ वटा घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय शत्रुघ्न यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले निजको साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायतको घर नष्ट भएका छन् भने रु एक करोडभन्दा बढीको धनमाल जलेको छ ।
आगलागीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घर छन् । आगलागी पीडित अहिले पाल लगाएर नजिकैको खेतमा बसेका छन् । हावाहुरी चलेको बेला भएको भीषण आगलागीमा परेर दुई दर्जन चौपाया, ट्र्याक्टर, थ्रेसरसमेत जलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै