
बागलुङ । बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी दधिराम पौडेल घाइते हुनुभएको छ । घाइते पौडेललाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
आज दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा बस्दा घर गोठ जलेको उहाँको भनाइ छ । गोठ जल्दा पाँच वटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताउनुभयो । सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उहाँ बताउनुहुन्छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन नसकेको खड्काको भनाइ छ ।
“आगो आज दिउँसो लागेको रहेछ, स्थानीयले नगरपालिकामा खबर गरेपछि, प्रहरीको टोलीसहित हामीहरु आगलागी भएको स्थानमा आएका छौँ, आगलागीले सामुदायिक जलेको छ, वनबाट लागेको आगो गाउँमा आउँदा पाँच वटा घर गोठ जलेर नष्ट भएका छन्, एक दर्जन पशुचौपाया पनि जलेर मरेका छन् भने धेरै घाइते छन्”, उपप्रमुख खड्काले भन्नुभयो, “एक जना स्थानीय पनि घाइते हुनुभएको छ, उहाँलाई धौलागिरि अस्पताल पठाएका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा