
कर्णाली । स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा भोलिदेखि तीन दिनसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तर्गतका दशवटै जिल्ला कार्यालयमा औद्योगिक प्रदर्शनी हुन लागेको हो । कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणका बारेमा सरोकारवालालाई सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुने लागेको कार्यालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले राससलाई जानकारी दिनुभएको छ।
‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यका बाहिरका २९ गरी ५७ उद्योग प्रदर्शनीमा भाग लिनेछन्’ निर्देशक योगीले भन्नुभयो– ‘प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् । उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः ४०, २० र ३० हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।’
प्रतियोगिता सञ्चालन गर्न निर्देशनालयका लागि ३ लाख रुपैयाँ र जिल्ला कार्यालयका निम्ति २ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जनाउनुभयो । प्रतियोगितामा दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक ऊर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उद्योगका उत्पादन समावेश गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना