
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ ।
उपमहानगरपालिकाको सम्पन्न ४३औँ कार्यपालिका बैठकले चालु शैक्षिकसत्रदेखि उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरी अनुगमन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले हेटौँडा–६ कान्तिराजपथस्थित सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरा लगायतका भौतिक संरचना हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक पर्ने चारवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार बैठकले हेटौँडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौँडा उपमहानगरपालिका तयारी कक्षा एवं भाषा शिक्षणसम्बन्धी निर्देशिका २०८१, सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्राधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१ र उपमहानगरपालिका वृति मार्गनिर्देशन सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ ।
त्यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक रहेको चार कानुन तर्जुमा र संशोधन गर्न सैद्धान्तिक सहमति दिएको छ । उपमहानगरपालिका उद्योग व्यवसाय दर्तासम्बन्धी ऐन, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यविधि, उद्यमी समूह गठन, व्यवस्थापन तथा सञ्चालन अनुदान कार्यविधि, २०८० को पहिलो संशोधन र कृषि तथा पशुपालन अनुदान वितरण कार्यविधि, २०७९ को पहिलो संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा