
सुर्खेत । वैशाख १९ र २० गतेका लागि घोषणा गरिएको कर्णाली लगानी सम्मेलन अनिश्चित बनेको छ ।
कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री राजकुमार शर्माले लगानी सम्मेलन गर्न २०८० असोज ६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकमा आयोजनाको विवरणसहित प्रस्तावना तयार गर्न कार्यदल गठन गर्नुभएको थियो । सम्मेलन तयारीका लागि योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीको नेतृत्वमा पूर्वाधार, आयोगका सदस्य ऋषि खनालको नेतृत्वमा कृषि, पर्यटन र जडीबुटी तथा आयोगका अर्का सदस्य जीतबहादुर शाहको नेतृत्वमा सामाजिक विकास कार्यदल गठन गरिएको थियो ।
प्रारम्भिक रूपमा २० भन्दाबढी बुँदामा लगानीकर्ता समक्ष पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा तत्कालीन मुख्यमन्त्री शर्मा समक्ष पेश गरिएको थियो । योजना आयोगका पूर्व सदस्य ऋषि खनाल भन्नुहुन्छ , ‘बजेट, नीति तथा कार्यक्रममा समावेश त भयो तर फेरि अनिश्चित भइसक्यो ।’
सङ्घीय सरकारले लगानी सम्मेलन गरेलगत्तै कर्णाली प्रदेश सरकारले पनि लगानी सम्मेलनको आवश्यक तयारी गरेको थियो । तर प्रदेशमा सत्ता समीकरण फेरिएर नयाँ सरकार बनेसँगै कर्णालीमा लगानी सम्मेलन फेरी अनिश्चित बन्न पुगेको छ । लगानी सम्मेलन आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश योजना आयोगको पदाधिकारी पद रिक्त छन् । तत्कालीन मुख्यमन्त्री शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै योजना आयोगका पदाधिकारीको पद रिक्त भएको हो ।
योजना आयोगको उपाध्यक्ष शाही तथा सदस्यहरूमा जीतबहादुर शाह र ऋषि खनाल हुनुहुन्थ्यो । उहाँहरूले लगानी सम्मेलनको तयारी अन्तिम अवस्थामा पुर्याउने समयमा सरकार परिवर्तन भएपछि तयारी अवरुद्ध भयो । प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेश योजना आयोगका पदाधिकारी नियुक्तिको विषय पनि ओझेलमा परेको छ ।
प्राकृतिक स्रोत पर्याप्त भए पनि आर्थिक रूपमा पछि परेको कर्णालीमा २०७६ देखि नै लगानीकर्तालाई आकर्षित गराउन लगानी सम्मेलनको तयारी गरिँदै आएको हो । तर विविध कारणले लगानी सम्मेलन आयोजना गर्न सकिएको छैन । केन्द्रमा लगानी सम्मेलन आयोजना गरिएका कारण कर्णालीमा लगानी सम्मेलन २०८१ वैशाखका लागि सारिएको थियो ।
‘आयोगले तत्कालिन मुख्यमन्त्रीलाई पेस गरेको प्रस्तावमा विद्युत् र जडीबुटीको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कर्णालीमा जडीबुटी सम्बन्धी उद्योग स्थापना गर्नुपर्नेदेखि ठूला रणनीतिक योजना त्यसमा समेटिएका छन्’ पूर्व सदस्य खनालले भन्नुभयो । केन्द्रमा आयोजना हुने सम्मेलनलाई हेरेर लगानीकर्तालाई सुर्खेतमा ल्याउने, केहीलाई राराताल लैजाने र त्यहाँ पनि कार्यक्रम गर्ने, वृहत् विमर्श गनेलगायत योजना सरकार परिवर्तनसँगै ओझेलमा परेका उहाँको भनाइ छ ।
प्रदेश योजना आयोगका सूचना अधिकारी भीमनारायण खरेल वर्तमान मुख्यमन्त्रीसँग लगानी सम्मेलनको विषयमा छलफल नभएको बताउनुहुन्छ । प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ मङ्सिरमै लगानी सम्मेलन गर्ने योजना बनाउनुभएको थियो । सम्मेलन २०७८ वैशाखमा सारियो । कोरोना महामारीका कारण पनि सम्मेलन समयमै हुन सकेन । शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सम्मेलनबारे थप अन्योल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै