
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि कचहरी बहस शुरु गरेको छ । शैक्षिक कचहरीका माध्यमबाट यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न अभियान थालिएको हो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी थालिएको बताउनुभयो । तातोपानीका २९ सामुदायिक विद्यालयलाई लक्षित गरी शैक्षिक कचहरी तीन चरणमा सञ्चालन गरिएको छ । पहिलो चरणमा वैशाख १६ गतेदेखि तातोपानी–१, २ र ३ भित्रका आठवटै सामुदायिक विद्यालयको शैक्षिक अवस्थाकोबारे बहस गरिएको छ ।
शैक्षिक कचहरीमा तीन वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिकलाई एक ठाउँमा भेला गरेर छलफल गरिएको अध्यक्ष चौलागाईंले बताउनुभयो । सामुदायिक विद्यालयमा राज्यको करोडौँ रुपैयाँ लगानी छ, तर विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा छन् । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने अध्यक्ष चौलागाईं बताउनुहुन्छ ।
आवश्यकताका आधारमा विद्यालय मर्ज गर्ने, शिक्षक व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तरलाई लयमा ल्याउने उद्देश्यले शैक्षिक कचहरी कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष रेवती रावल बताउनुहुन्छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले पालिकाभित्रको शैक्षिक स्थिति दयनीय भएकाले सबैले आत्मालोचना गरेर सच्चिन जरुरी रहेको बताउनुभयो । शैक्षिक कचहरीले शिक्षा सुधारमा टेवा पुग्ने उहाँको भनाइ छ ।
‘गाउँगाउँमा विद्यालय खोल्नु मात्रै उपलब्धि होइन, त्यसलाई व्यवस्थापन गर्नु ठूलो कुरा हो । शिक्षक, जनप्रतिनिधि लगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्र्छ, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्छ’ तातोपानी–१ बाइराँकाका वीरेन्द्र शाहीले भन्नुभयो ।
विद्यालयको नियमन, अनुगमन, आवश्यकताका आधारमा मर्ज, विधि संवत् नचलेका विद्यालयलाई दण्डित गर्ने सवालमा पालिका कडा रुपमा पालिका लागेको छैन । कार्यसम्पादनका आधारमा विद्यालयलाई पुरस्कृत र दण्डित गर्नुपर्ने स्थानीयवासी सुनिता पाण्डेले बताउनुभयो । शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले तातोपानी–१, २ र ३ का आठ सामुदायिक विद्यालयको वर्तमान अवस्थाबारे पालिकास्तरीय शिक्षा समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । प्रतिवेदन अनुसार विद्यार्थी सङ्ख्या निकै कम भएका विद्यालयलाई मर्ज गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।
प्रर्याप्त शैक्षिक सामग्री अभावले अतिरिक्त क्रियाकलाप हुन नसक्दा र विद्यालयले चासो नदिँदा विद्यार्थी मारमा परेको छात्र रमेश बुढाको गुनासो छ । तातोपानी–४, ५ र ६ मा विद्यालय लक्षित शैक्षिक कचहरी दोस्रो शृङ्खला वैशाख १८ गते दुर्गा माद्यमिक विद्यालयमा हुने छ । भेरिखोलाका विद्यालय लक्षित शैक्षिक बहस तातोपानी–७ पातरसाँघुमा वैशाख २० गते हुने तातोपानी गाउँपालिकाले जनाएको छ । पातरसाँघुमा तातोपानी–७ र ८ का विद्यालयका समस्या र सम्भावनाबारे चर्चा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै