
कैलाली । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका ९ महिनामा एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उल्लेखित राजस्व सङ्कलन गरेको हो ।
आयकरबाट एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट १० करोड ५६ लाख, ब्याजबापत ३ करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट १ लाख रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयको चालु आवका ९ महिनामा २ अर्ब १० करोड ९६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ । चालु आवमा ३ अर्ब ८ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा ९ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
‘करदाताको कारोबारमा कमी आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’ उहाँले भन्नुभयो, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सङ्कलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९/८० मा ३ अर्ब ३६ करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय