
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘सिधाकुरा डटकम’ मा समाचार प्रकाशन भए लगत्तै पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको बताउनुभएको छ ।
उक्त अनलाईनका सामग्री अध्ययन गर्दा शुरुमै शंकास्पद पाइएकाले प्रश्न उठाइएको र हटाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।
“हामीले यो अडियोसहितको सामग्री प्रसारण हुनासाथ सुरुमै अपुष्ट र शंकास्पद ठानेका थियौँ, प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं” अध्यक्ष बस्नेतले भन्नुभयो, “प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।”
काउन्सिलको निर्देशनसँगै उक्त अनलाइनले समाचार हटाएको छ । यही वैशाख १४ मा चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
सर्वोच्च अदाललते आज उक्त विवादमा आदेश गर्दै आदेश प्राप्त मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनःप्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु नगराउनु भनेको छ । साथै, अदालतले आदेश गरेका कुनै पनि सामग्री प्रशारण नगर्न सञ्चार जगतको ध्यानाकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा