
म्याग्दी । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।
जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् ।
रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जङ्गलमा ढकायो टिप्ने चटारो बढेको बताउनुभयो । एकप्रकारको जंगली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उहाँले बताउनुभयो ।
त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गनेृ गरिन्छ । त्यो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखदेखि असारको पहिलो सातासम्म ढकायोसँगै निउरो, वन लसुन, वनधनिया, टुसा, च्याउ समेत सङकलन गरिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा