
काठमाडौँ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् ।
बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहनुभएको छ ।
अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु उत्थानशीलता र लगानीका अवसर, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् । यसपछिको सत्रमा दिगो लगानीका लागि हरित वित्तको उपयोग, पर्यटन क्षेत्रमा लगानी, निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावनाका विषयमा छलफल सत्र सञ्चालन हुने छ ।
यसैगरी अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन् । त्यसमा उत्पादनमा नवप्रवद्र्धन र वृद्धि, नेपालको स्टार्टअप वातावरण र व्यापार सहज, जीवन्त लगानीका लागि उत्कृष्ट मञ्च विषयमा छलफल हुनेछ । एग्रिफुड प्रणाली परिवर्तनमा लगानी र उचित बजारीकरणका सम्बन्धमा साइड इभेन्ट सञ्चालन हुनेछ । सबै सत्रका छलफलपछि आज साँझ सम्मेलनको समापन समारोह हुने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा