
पर्सा । जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा ८६ करोड १० लाख ८१ हजार ९ सय ९८ रुपैयाँ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।
पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ । चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ
चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने ७१ करोड सात लाख ८४ हजार ३सय १४ रुपैयाँ छ । कूल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार ३ सय १२ रुपैयाँ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ३ अर्ब एक करोड ४५ लाख ८८ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।
उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए । दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१ थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी १ अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ थियो ।
त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने १ अर्ब २९ करोड ७१ लाख ८२ हजार ३ सय ७५ छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी २अर्ब ८४ करोड १६ लाख ५१ हजार ४ सय २७ छ । गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता ४ अर्ब ३४ करोड ९८ लाख ६१ हजार ३ सय ५५ छ । कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट १ करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन गरेको थियो । गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आकालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै