
प्रकाश बराल ‘आँशु’
कालिकोट । आजदेखि शुरु भएको कक्षा १२ को परीक्षामा अर्काको सट्टा परीक्षा दिदै गरेका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेव परीक्षा केन्द्रमा परीक्षा दिदै गरेको अबस्थामा प्रहरीले नक्कली परीक्षार्थी पक्राउ गरेको हो ।
कक्षा ९ र १० मा अध्ययन गर्ने दुईजनाले अर्काको सट्टा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो । सट्टा परीक्षा दिने नक्कली परीक्षार्थीको परिचया भने प्रहरीले गोप्य राखेको छ ।
जिल्लाको खाँडाचक्र नगरपालिका ३ स्थित जनजीवन माध्यमिक विद्यालयबाट फाराम भरेका वर्ष ४१ का भानुप्रसाद पाण्डेको सट्टामा कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिँदै गरेका एक नाबालक र वर्ष २० का किसान शाहीको सट्टामा परीक्षा दिँदै गरेका अर्का नाबालक गरी दुईजना सट्टाका परीक्षार्थीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले शिक्षा ऐन २०२८ मा १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेकाले सोहीअनुसार कारवाही हुने बताउनु भयो । समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नाबालकलाई सट्टा परीक्षा दिन लगाउनेलाई पनि कानुनअनुसार कारवाही हुने बताउनुभयो।
स्रोतका अनुसार केन्द्राध्यक्ष र निरीक्षकले सट्टाका परीक्षार्थीले परीक्षा दिइरहेको सूचना प्रहरीलाई गराएपछि सट्टाका परीक्षार्थी प्रहरी फन्दामा परेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा