
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा गाउँपालिका तत्कालीन उपाध्यक्ष महजबी खातुनसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले गाउँपालिका उपाध्यक्ष खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सब इन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध ८ लाख ६५ हजार १ सय ४५ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा