
सुर्खेत । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ ।
तथ्याङ्कअनुसार मुगुमा ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जुम्लामा ११ करोड ६६ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७ र ०७८, ०७८र ०७९, ०७९ र०८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन् । आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार कालीकोटमा १३ जना, डोल्पामा ८ जना, सल्यानमा ७, सुर्खेत र जुम्लामा ६–६ जना, दैलेखमा ५, मुगुमा ४, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा २, २( जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित भएका छन् । ३ सय ५८ वटा पशुचौपायाको क्षति भएको छ ।
चार वर्षमा सबैभन्दा बढी जुम्लामा एक सय २३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा चार, हुम्लामा दुई घर परिवार विस्थापित भएका हुन् ।
आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।
आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाले स्थानीय सरकार तथा समुदायले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कर्णालीमा वनजङ्गल नजिकै बस्ती र खरको छानो भएकाले आगलागीका घटना धेरै हुने गरेका छन् । चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ ।
गत चैत २ मा बाख्रा चराउन गएका कालीकोटको खाडाचक्र(५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उहाँकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । नन्दरामका ४५ वटा बाख्रा जलेर मरेका थिए ।
चैत ३० गते हुम्लाको सर्केगाड गाउँपालिका(८ रादेउ कुरिल्ला लेखको आफ्नै भेँडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको थियो । भेँडीगोठको आगलागीबाट ६० वटा भेँडासमेत मरेका थिए । चैतमै ३० मा डोल्पामा आगलागीमा परी १० वर्षका सुलज बुढाको मृत्यु भयो । उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा बुढाको मृत्यु भएको थियो ।
चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका नेपाली सेनाको देवीदत्त गुल्मका तीन जना सिपाहीको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका(४ का २४ वर्षीय हेमन्त रावत थिए ।
कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट तमाखु खाँदा फालिएको आगोलगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ । शहरी क्षेत्रमा भने विद्युत् सर्ट भइ आगलागी हुने गरेका छन् ।
गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन । गोठालो जाने स्थानीयवासी र बालबालिकाले आगो लगाउने गरेका छन् । आगो लगाउँदा कसैले कारबाही नभोगेका कारण बर्सेनि आगलागीका घटना बढेको हो । यसरी आगो लगाउँदा वनक्षेत्रसँगै जङ्गली जनावार, चरा चुरुङ्गी मासिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै