
सुर्खेत । सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ ।
राष्ट्रिय युवा परिषद्को सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा वैशाख २७ र २८ गते वीरेन्द्रनगरमा युवा वैज्ञानिक सम्मेलन हुने भएको हो । खोज अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णालीमा पहिलोपटक युवा वैैज्ञानिक सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
सम्मेलनमा सातवटै प्रदेशबाट युवा वैज्ञानिकलाई सहभागी गराइने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख जहारलाल हमालले जानकारी दिनुभएको छ । ‘विज्ञानको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानलाई एक ठाउँमा ल्याएर अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्ने एउटा पाटो हो’ उहाँले भन्नु्भयो– ‘अर्को भनेको युवा वैज्ञानिकहरूलाई एक ठाउँमा भेला गराएर अनुभव आदान–प्रदान गरी उनीहरुका अध्ययन, अनुसन्धानलाई अझै फराकिलो बनाउँदै विज्ञानको क्षेत्रमा चासो बढाउनु कार्यक्रमको उद्देश्य हो ।’
सम्मेलनमा सहभागी हुन चाहने १६ देखि ४० वर्ष समूहका वैज्ञानिकले वैज्ञानिक खोज, अनुसन्धान, सर्वेक्षण आफ्नो वायोडाटासहित पठाउन आग्रह गरिएको छ । प्राप्त निवेदन अध्ययन गरी युवा वैज्ञानिकलाई सम्मेलनमा सहभागी गराइने हमालले बताउनुभयो ।
यो सम्मेलनले युवा वैज्ञानिकलाई खोज अनुसन्धानमा लाग्नका लागि अझै प्रेरित गर्ने मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सुदीप ठकुरीले बताउनुभयो । ‘कर्णालीमा राष्ट्रियस्तरको पहिलोपटक युवा वैज्ञानिक सम्मेलन हुँदैछ, यसले हाम्रा विज्ञान क्षेत्रका विद्यार्थीलाई खोज अनुसन्धान गर्नका लागि प्रेरित गर्ने अपेक्षा छ’ उहाँले भन्नुभयो । सम्मेलनले विज्ञान क्षेत्रलाई अझै सघाउ पुग्ने भन्दै सबै युवा वैज्ञानिकलाई सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा