
झापा । झापाको कनकाई र भद्रपुरमा सवारी दुर्घटनामा जनाको मृत्यु भएको छ ।
बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल बिर्तामोड–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याएको थियो । तर चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे । मोटरसाइकलमा पछाडि मेचीनगर–१० का २९ वर्षीय प्रसन्न दनुवारको त्यही अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार राति नै भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकले पैदलयात्री हाल नाम, थर वतन नखुलेको अन्जादी ८० वर्षिया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।
वृद्धाको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । मोटरसाइकल र चालक भद्रपुर–८ का ४९ वर्षीय विशन मोतेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा