
म्याग्दी । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।
ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो ६ वर्षको अवधिमा ढोलठानामा ५० लाख रुपैयाँ बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।
‘बेनी र गलेश्वर आउने पर्यटक तथा भक्तजनको बसाइ लम्ब्याउने उद्देश्यले ढोलठानामा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको हो’ उहाँले भन्नुभयो– ‘गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पार्न अध्ययन थालिएको छ ।’
यस वर्ष गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँबाट ढोलठाना दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम गरेर दृष्यावलोकन स्थल, पैदलमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ ।
वडा सदस्य गणेश सुवेदीले ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृष्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको जानकारी दिनुभयो । प्रदेश सरकारकै थप १० लाख रुपैयाँबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण थालिएको छ ।
यसअघि ३० लाख रुपैयाँबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको थियो । तत्कालीन राजा बम मल्लको समयमा विसं १६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरु ८ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा त्यो राज्यको राजधानीकारुपमा रहेको थियो ।
नीलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाँले ढोलठानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको बताउनुभयो । उहाँका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इँटा भेटिएको थियो ।
समुन्द्री सतहदेखि १ हजार ८ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयोको मनमोहक दृष्यको अवलोकन गर्न सकिन्छ । पूर्वाधार निर्माणसँगै बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीय रामबहादुर शाहीले बताउनुभयो ।
‘नागबेली परेर बगेको म्याग्दी नदीका साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो’ उहाँले भन्नुभयो– ‘सडक यातायात सुविधा र प्रचारप्रसारसँगै चहलपहल बढेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय