
काठमाडौँ । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।
विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले सो परियोजना शुरु गरेको हो । सोसाइटीद्वारा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विपद्का बेलामा आकस्मिक सेवालाई मात्रै प्राथमिकता दिइने र नसर्ने रोगलाई महत्व नदिइने गरेको सन्दर्भमा जाजरकोट भूकम्पमा भने यी दुवै विषयलाई सँगसँगै लगिएको बताउनुभयो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाका डा समिर अधिकारीले मानसिक स्वास्थ्य र नसर्ने रोग नेपालका लागि समस्याका रूपमा रहेको छ भन्नुभयो ।
डेनिस रेडक्रसका ‘कन्ट्री क्लस्टर’ प्रतिनिधि डेभिड फोगडेन र डेनिस रेडक्रस कन्सुलेट कार्यालयका हरि धरेलले परियोजनाको सफल कार्यान्वयका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमाल र विश्वस्वास्थ्य संगठनका प्रतिनिधि डा ग्याम्पो दोर्जीले नेपालमा नसर्ने रोगको अवस्था र जोखिमका तत्वका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका डा रइस पोखरेलले नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठ, कञ्चनपुर जनस्वास्थ्य कार्यालयका सिद्धराज भट्ट, काठमाडौं विश्वविद्यालयका बन्दना पनेरु, नेपाल डेभलपमेन्ट सोसाइटीका कार्यकारी निर्देशक स्वेता कोइराला लगायतले नसर्ने रोगको अवस्था र चुनौतीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्रा सुदर्शन नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले नसर्ने रोगसम्बन्धी यस नवीनतम् परियोजनाको शुभारम्भ आफैँमा महत्वपूर्ण भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय