
पोखरा । गण्डकी सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले पुँजीगत बजेट खर्चमा सुधार गर्ने बताउनुभएको छ ।
आज मन्त्रालयमा पदबहाली गर्नुहुँदै उहाँले प्रदेश सरकारको पुँजीगत बजेट खर्च बढाउन कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘विगतदेखि प्रदेश सरकारले पुँजीगत खर्च वृद्धि गर्ने कुरा गर्दे आएको छ, तर हुनसकेको छैन । यो पटक कार्यान्वयन गर्नेछौँ, बजेट खर्च गर्ने परिपाटी आगामी आर्थिक वर्षमा सुधार गरेर लैजान्छौँ ।’
सरकारले प्रदेशको नीतिगत समस्या समाधान, औद्योगिक पूर्वाधार विकास, राजस्वको दायरा फराकिलो पार्ने लगायतका विषयमा जोड दिएर काम गर्ने स्पष्ट पार्नुभयो । आर्थिक मामिलामन्त्री चुमानले आगामी वर्ष गण्डकीमा लगानी सम्मेलन आयोजना गर्न ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालनमा ल्याउने पहिलो निर्णय गर्नुभएको छ । सार्वजनिक(निजी(साझेदारी तथा निजी लगानीमा कार्यान्वयन गर्ने आयोजनाको अध्ययन गर्न आगामी वर्ष ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालन गर्ने निर्णय गरिएको हो ।
आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा रहने ‘इन्भेष्ट गण्डकी’ परियोजना अध्ययन कार्यदलले पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युत्का क्षेत्रमा लगानी आकर्षण गर्न परियोजनाको अवधारणा तयार पार्नेछ ।
मन्त्री चुमानको पदवहाली कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्रीकान्त शर्मा खतिवडा, सदस्य डा सुवास अधिकारी, आर्थिक मामिला मन्त्रालयका सचिव बलराज रिजाल लगायतको उपस्थिति रहेको थियो ।
गत चैत २५ गते मन्त्री नियुक्त हुनुभएका चुमानको मन्त्रालय शनिबार तोकिएको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु