
काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।
चैतमा मात्रै ७० हजार ९ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार २ सय ४१ जना पुरुष र ६ हजार ६ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो– ‘श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३ सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार ३ सय २८ जना सीप भएका, ५ हजार ६ सय ८४ जना अर्धदक्ष, ४ सय ८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।’
यसैगरी चालु आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार ६ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार ८ सय १८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । त्त्यही महिनामा साउदी अरेबियामा १३ हजार ६ सय ४१ जना, कतारमा ११ हजार दुई सय ४ जना, मलेसियामा १२ हजार छ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना पुगेका छन् ।
यसैगरी रोमनियामा २ हजार २ सय सय ९९ जना, क्रोएसियामा ९ सय ६० जना, साइप्रसमा ७ सय ८१ जना, जापानमा १ हजार ३ सय ५१ जना, माल्दिभ्समा चार सय ९३ जना, मौरिससमा ६ सय २० जना र दक्षिण कोरियामा ६ सय ५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा