
म्याग्दी । जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण शुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नम्बर ८ कालीपुलमा कृषि बजारको भवन निर्माण थालिएको हो ।
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले तीन करोड रुपैयाँमा भवन निर्माण गर्न थालिएको जानकारी दिनुभएको छ । ‘सङ्घीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको ३० लाख २५ हजार रुपैयाँबाट भवन निर्माण शुरु गरिएको छ’ उहाँले भन्नुभयो, ‘आगामी आवमा बजेटलाई निरन्तरता दिने सङ्घीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो ।’
बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो । एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा