
गोरखा । गोरखामा स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने भएको छ । गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको हो ।
नगर क्षेत्रभित्रका केही निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नै प्रदान नगरेका पाठ्यसामग्री, पाठ्यपुस्तक वा शिक्षण सिकाइ सामग्री प्रयोगमा ल्याएको भन्ने गुनासो आएपछि नगरपालिकाले विद्यालयको अनुगमनको तयारी समेत थालेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ । ‘नगरपालिकाले सबै विद्यालयलाई अनिवार्य रूपमा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न निर्देशन दिइसकेको छ’ उहाँले भन्नुभयो– ‘केही निजी विद्यालयले शिक्षा नियमावली विपरीत पाठ्यपुस्तक प्रयोग गरेको गुनासो आएकाले अनुगमन गर्ने तयारीसमेत भइरहेको छ ।’
उहाँले कुनै पनि विद्यालयले स्वीकृत पाठ्यपुस्तकभन्दा बाहिरका पाठ्यपुस्तक पढाउनु शिक्षा नियमावली विपरीत हुने बताउनुभयो । ‘हामीले स्वीकृत पाठ्यपुस्तक मात्रै लागू गर्ने भनेर निर्णय पनि गरिसकेका छौँ’ उहाँले भन्नुभयो, ‘केही विद्यालयले आफुखुशी पाठ्यपुस्तक प्रयोगमा ल्याएको भन्ने गुनासो हामीलाई पनि आएको छ, हामी अनुगमन गरी आवश्यक कारबाही गर्छौँ ।’
गुनासो आएका विद्यालयका सञ्चालकलाई टोलिफोनसमेत गरेर नगरपालिकाले सचेत गराइसकेको पनि उहाँको भनाइ छ । ‘गुनासो आएका विद्यालयका सञ्चालकलाई हामीले तपाईँहरूले स्वीकृत गरेकाभन्दा बाहिरको पाठ्यपुस्तक लगाउनुभएको छ भन्ने गुनासो आएको छ, के भएको तुरुन्त सच्याउनु होस् भनेका पनि छौँ’ प्रमुख खड्काले भन्नुभयो ।
प्रमुख खड्काले विद्यायलयको अनुगमनका लागि समितिसमेत गठन गरिसकेको जानकारी दिनुभयो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्रदान गरिएका पाठ्यपुस्तक, पाठ्य सामग्री तथा सिकाइ सामग्रीमात्र प्रयोग गर्न–गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।
शिक्षा नियमावली, २०५९ को परिच्छेद ७ को नियम ३५ वमोजिम विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तक, थप पाठ्य सामग्री तथा शिक्षण सिकाइ सामग्री केन्द्रले अनिवार्य स्वीकृत गरेको हुनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु