
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अंले ओरालो लागेर १ हजार ९ सय ७२ दशमलव १४ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अंकले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार सात सय ९२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । तयो कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१ रुपैयाँमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार ६ सय ७९, पोखरा फाइनान्स ७ करोड ३७ लाख ५५ हजार ६ सय ४६, शिवम् सिमेन्ट ५ करोड ४५ लाख १९ हजार १ सय २३ र हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाख ४९ हजार ५ सय ५१ मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर ७ दशमलव ९४, पोखरा फाइनान्स ६ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ५ दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतले कमाएका छन् ।
रुरु जलविद्युत् परियोजना ९ दशमलव ९९, गुर्खाज फाइनान्स ९ दशमलव३९, सिभिल बैंकको ऋणपत्र ८ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा