
काठमाडौँ । वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ ।
बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यस वर्ष वैशाख १० गरे मनाउन लागिएको हो । जात्रा सम्पन्न गर्नका विभिन्न उपसमिति गठन गरिएको छ ।
काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदाय आफ्ना दिवङ्गको आत्माको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्यमा पूजाआज गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो ।
जात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानमा बसोबास गर्ने तेमालहरुको उपस्थिति रहने आयोजकको भनाइ छ । जात्रामा पितृ मोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगेर पूजा गर्ने चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृको मोक्षका लागि कामना समेत गर्दछन् ।
जात्रामा नेपालका विभिन्न जिल्ला तथा भारत लगायतका मुलुकबाट ६० हजारभन्दा बढी भक्तजनहरु सहभागी हुने आयोजकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा