
मोरङ । राम नवमीको अवसरमा निकालिएको र्यालीमा भएको विवादको कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ ।
राम नवमीको अवसरमा बुधबार एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोधपछि उत्पन्न परिस्थिति साम्य पार्ने क्रममा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।
विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले निकालेको र्यालीलाई अर्को समूहले अवरोध गरेपछि विवाद भएको हो । दुई समूहबीच विवाद बढेर झडप हुने अवस्था आएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
स्थिति साम्य पार्न केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । रानी क्षेत्रमा अहिले प्रहरीको बाक्लो उपस्थिति छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा